एनआरएनए पोर्तुगलका अध्यक्ष गैरेलाई भब्य स्वागत

विहीबार, १२ भदौ २०७६, १३ : ४६

एनआरएनए पोर्तुगलका नवनिर्वाचित अध्यक्ष तिलकप्रसाद गैरेलाई अलेन्तेजोनबासीले भब्य स्वागत गरेका छन् । 

आफ्नो क्षेत्रमा बसोबास गर्ने गैरे अध्यक्ष पदमा निर्वाचित भएको खुसीयाली मनाउँदै स्थानीले मालभदोमा स्वागत गरेका हुन् । 

एनआरएनए पोर्तुगलको सातौ अधिबेसनमा लोकतान्त्रिक समूहबाट उम्मेदबार बनेका गैरे ८५१ मत ल्याएर बिजयी भएका थिए । 

स्वागत कार्यक्रममा मन्तव्य राख्नै नवनिर्वाचित अध्यक्ष गैरेले चुनावको क्रममा सहयोग गर्ने सहयोगी, पत्रकार र मतदातालाई धन्यवाद दिए । 

उनले आफुले चुनाबी दौरानमा गरेका बाचा पुरा गरर्ने प्रतिवद्धता पनि व्यक्त गरेकाे पाेर्तुगलबाट आजको अर्थ सहयोगी दुर्गा केसीले जानकारी दिए । 

विहीबार, १२ भदौ २०७६, १३ : ४६

प्रतिक्रिया