छोराछोरीलाई अंश दिदा पनि कर, उद्योगीहरू त्रसित

४ बर्ष अगाडि

बाबुआमाले आफ्ना सन्तालाई अंश दिदा पनि सरकारले अब कर लगाउने भएको छ।

अर्थमन्त्री डा.युवराज खतिवडाले पैतृक सम्पत्ति हस्तान्तरण गर्दा कर लगाउने बारे छलफल सुरु भएको बताए । 

नेपाल चेम्बर अफ कमर्शले  आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री खतिवडाले पैतृक सम्पत्तिमा कर लगाउने विषय अब गठन हुने राजस्व बोर्डमा समावेश गरिने बताए । 

‘विश्वव्यापी मान्यतामा पनि सम्पत्ति हस्तान्तरण गर्दा कर लाग्छ। त्यही मान्यताका आधारमा रहेर छलफल गरौं भनेका हौं’  उनले भने,’यो भोलीनै लगाउने विषय पनि होइन। तर अब गठन हुने राजस्व बोर्डको एजेण्डामा यो पनि पर्छ।’

अहिलेसम्म पैतृक सम्पत्तिमा कति कर लगाउने भन्ने विषय भने नटुंगिएको उनको भनाई छ ।

यसरी कर लगाउनु ठीक हो कि होइन भन्ने बहस सुरुवाती विन्दुमा रहेको भन्दै उनले कुन पैतृक सम्पत्तिमा कर लगाउँदा फाइदा हुने जिकिर गरे।

पैतृक सम्पत्तिमा कर लगाउने बहस सतहमा आएपछि उद्योगी व्यवसायी भने त्रसित भएर विदेशमा लगानी खोज्ने थालेका छन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया