जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा

सोमबार, १६ भदौ २०७६, १७ : ०५

जर्जियाका प्रधानमन्त्री ममुका बाख्ताजले सोमबार राजीनामाको घोषणा गर्नुभएको छ । 

संसद्ले सरकार ढलाउने निश्चित देखेपछि उहाँले राजीनामाको घोषणा गर्नुभएको समाचारमा उल्लेख गरिएको छ । 

विकासको प्रारुप बनाइरहेकै बेला आफूले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभएको छ । 

राजीनामा घोषणा गर्ने निर्णयमा पुगेपछि उहाँले फेसबुकमा लेख्नु भएको छ, “मेरो मिसन यस पटक पूरा गर्न सकिन ।”

सोमबार, १६ भदौ २०७६, १७ : ०५

प्रतिक्रिया