वामदेवलाई ओलीको फोन, बोलाए सिंगापुर

४ बर्ष अगाडि

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन गौतम बुधबार सिंगापुर जान लागेका हुन् ।

गौतम मंगलबार नै सिंगापुर जाने कार्यक्रम रहेको भनिएपनि अन्तिम समयमा आएर रद्द गरेका थिए । उनी प्रधानमन्त्री ओलीकै इच्छाअनुसार आज अपराह्न त्यसतर्फ जान लागेको बताइएको छ । 

मंगलबार गौतम सिंगापुर नगएपछि प्रधानमन्त्री ओलीले खोजी गर्नुका साथै फोन नै गरेर सिंगापुर आइदिए हुन्थ्यो भन्ने चाहाना व्यक्त गरेका कारण गौतम जान लागेका हुन् ।


गौतम अपराह्न १ बजे सिल्क एयरबाट सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्रीको मिर्गौलामा बढेको एन्टीबडीको मात्रा घटाउन प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार भइरहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया