सडकबाट भीख माग्दैमा राजतन्त्र फर्किँदैनः जर्नादन शर्मा

४ बर्ष अगाडि

दाङ–तत्कालीन विद्रोही माओवादी र सरकार पक्षबीच पहिलो पटक वार्ता भएको स्थल दाङको हापुरेमा १६ वर्षपछि शान्ति र समृद्धि सम्मेलनको आयोजना गरिएको छ । 
२०६० साउन २९ र ३० गते तत्कालीन विद्रोही माओवादी र सरकार पक्षबीच वार्ता भएको थियो ।  
रिपोटर्स क्लव दाङ र बवई गाउँपालिकाको संयुक्त आयोजनामा भएको सम्मेलनमा बोल्ने नागरिक अगुवा तथा नेताहरुले शान्ति प्रक्रियाका अपूरा कामहरु तत्काल पूरा गर्न सरकार र दलहहरुको ध्यानाकर्षण गराएका थिए । 
कार्यक्रममा बोल्दै पूर्वशान्ति तथा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले कसैले भीख माग्दैमा राजतन्त्र नफर्किने बताएका छन् । जनताले अस्वीकार गरेको राजतन्त्र कुनैपनि हालतमा नफर्किने भन्दै संघीय गणतन्त्र विरोधी काम नगर्न आग्रह गरे । उपलब्धिलाई विर्सेर भड्किएमा आफैले प्राप्त गरेको अधिकार र स्वतन्त्रतता गुम्ने खतरा हुने भन्दै  कसैको बहकाउमा लागेर सामाजिक संजालमा  जथाभावी नलेख्न आग्रह गरे । 
जनताको विजय हाँसिल गर्न हापुरेमा  पहिलो पटक शान्ति वार्ता गरिएको भन्दै हापुरेबासीले उठाएको संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको माग पूरा भएको बताए । 
फरक प्रसंगमा उनले विप्लव समूहलाई वार्तामा आउन आग्रह गरे । 

यसैगरी नागरिक अगुवा दमननाथ ढुङ्गानाले परिवर्तन ल्याउनेहरुले नै परिवर्तन टिकाउन नसक्नु इतिहासको त्रुटीपूर्ण कार्य रहेको बताए । 

नागरिक अगुवा श्याम श्रेष्ठले नेपाली सेनाकै कारण तत्कालीन समयमा शान्ति वार्ता भंग भएको स्मरण गरे । 
 तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधान दिन नचाहेकै कारण वार्ता भईरहेको समयमा  दोरम्बामा सेनाले मान्छे मारेर शान्ति  विरोधी काम गरेको उनको भनाई थियो । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया