मोदीले गरे देशको नाममा सम्बोधन

शनिबार, २१ भदौ २०७६, १० : ४६

भारतको महत्वकाक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ असफल भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रवासीलाई हौसला दिनको लागि इसरो मुख्यालय पुगेर देशको नाममा सम्बोधन गरे । 

सम्बोधनपछि मोदी इसरो मुख्यालयबाट बाहिर निक्लिरहदाँ, ईसरो प्रमुख कैलासवटिवु शिवनसँग भेट भयो । मोदीलाई भेटेपछि शिवन भावुक भए र लगतै उनलाई अगांलेर रुन थाले । 

शिवन रुन थालेपछि मोदीले उनलाई अंगालो हालेर पिठ्युमा थपथपाएका थिए । मोदीले भावुक शिवनलाई हौसला दिइरहेको भिडियो अहिले भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल भइरहेको छ ।
 

शनिबार, २१ भदौ २०७६, १० : ४६

प्रतिक्रिया