चीनको वाईयुयान क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समयअनुसार आइतबार विहान ६ः४२ मा ५.४ म्याग्नेच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । अन्य २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् ।
घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
भूकम्पका कारण कम्तीमा १७ घर पूर्ण रुपमा भत्किएको र अरु २१५ घरमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया