जापानका नव नियुक्ति वातावरण मन्त्री शिन्जिरो कोइजुमीले जापानका आणविक उर्जा केन्द्रहरु खारेज गर्ने धारणा राखेका छन् ।
जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार गरेको मन्त्रिपरिषद हेरफेरपछि उनी वातावरण मन्त्रीमा नियुक्ति भएका थिए । ३८ वर्षीय शिन्जिरो पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुन् ।
शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुन् । बुधवार राती गरेको एक सम्बोधनको क्रममा उहाँंले जापानका आणविक उर्जा उत्पादन केन्द्रहरु खारेज गर्नेतर्फ आफ्नो धारणा राखेका हुन् ।
आणविक उर्जाको बारेमा सरकारले गरेको योजनाको बारेमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा उनले आणविक उर्जा केन्द्रको खारेजीको प्रसंग उल्लेख गरेका हुन् ।
देशमा सन् २०११ मा आणविक दुर्घटना भइसकेको र अब हुन नदिने पनि उनले बताए। यदि यी केन्द्रहरुलाई राखियो भने हामी ध्वस्त हुनेछौँ, उनले भने ।
प्रतिक्रिया