साउदीकी राजकुमारीलाई सजाय

शुक्रबार, २७ भदौ २०७६, ११ : ५५

प्लम्बरको अपहरण र कुटपिटको आरोपमा साउदी अरबकी राजकुमारीमाथि सजाय हुने भएको छ ।

फ्रान्सको एक अदालतले साउदी राजकुमारी हास्सा बिन्त सलमानलाई एकजना पुरूषमाथि कुटपिट र अपहरणमा दोषी ठहर गर्दै तत्कालै लागु नहुने गरि सर्त सहितको जेल सजाय र ११ हजार डलर जरिबाना तोकेको हो ।

आफ्ना एक जना अंग रक्षक लगाएर पेरिसको एउटा विलासी अपार्टमेन्टमा एक जना प्लम्बरलाई कुटपिट गरेको अभियोजनकर्ताको आरोप थियो ।

ती व्यक्तिले प्रहरीलाई आफ्नो हात बाँधिएको र आफूलाई मुक्का र लात्ताले हान्दै राजकुमारीको पैतला चुम्न लगाइएको बताएका थिए ।

भिडियो खिचेको आरोपमा ती युवकमाथि राजकुमारीले सो घटना घटाएको बताइएको छ । राजकुमारीविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएको थियो भने अदालतमा उनको अनुपस्थितिमा नै मुद्दा चलाइएको थियो ।

 

शुक्रबार, २७ भदौ २०७६, ११ : ५५

प्रतिक्रिया