इरानी राष्ट्रपति भन्छन्,  ट्रम्पसँग भेटवार्ता गर्ने योजना छैन

सोमबार, ३० भदौ २०७६, १७ : १२

इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तत्काल कुनै भेटवार्ताको सम्भावना नरहेको जनाएको छ ।

संयुक्तराष्ट्र संघको महासभाका अवसरमा दुबै नेताबीच न्यूयोर्कमा भेटवार्ता हुनसक्ने अडकलबाजी गरिएको भए पनि वार्ताको कुनै योजना नरहेको इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसबीले बताए । 

इरानी सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रबक्ता मौसबीले भने– हामीले वार्ताको कुनै योजना पनि बनाएका छैनौं, र मेरो विचारमा न्यूयोर्कमा भेटघाट हुने कुनै सम्भावना छैन ।

केहीअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी राष्ट्रपतिसँग न्यूयोर्कमा भेटवार्ता हुनसक्ने बताएका थिए । 
 

सोमबार, ३० भदौ २०७६, १७ : १२

प्रतिक्रिया