हवाई कारबाहीमा तीस आतङ्ककारी मारिए

मंगलबार, ०७ असोज २०७६, १६ : ५६

अफगानिसतानको उत्तरी प्रान्त बादख्शानको राघिस्तान जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा परी कम्तीमा ३० लडाकू माएिका प्रान्तीय सरकारका प्रवक्ता निक मोहमद नाजिरले मङ्गलबार जानकारी दिनु भएको छ ।

सो हवाई कारबाहीमा तालिबान लडाकू समूह लुकेर बसेका तीन ओटा बासस्थानमा र हातहतियार ध्वस्त भएको जनाइएको छ ।  
 
विगत दुई सातामा बादख्शान प्रान्तको तीनवटा जिल्ला गुमाएका तालिबान लडाकू समूह यस कारबाहीको कुनै  टिप्पणी गरेका छैनन् ।
 

मंगलबार, ०७ असोज २०७६, १६ : ५६

प्रतिक्रिया