पाकिस्तान प्रशासित अजाद कश्मीरमा मंगलबार बेलुका गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । मंगलबार बेलुका ५.८ म्याग्निच्युडको भूकम्प जाँदा अन्य ४ सय घाइते भएका छन् भने भौतिक संरचनामा ठूलो क्षति पुगेको छ ।
भूकम्पका कारण काश्मीरसहित राजधानी इस्लामाबाद, पञ्जाब, पेसावर लगायतका क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
मृत्यु हुनेमा केही महिला तथा बालबालिका समेत रहेका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
भूकम्पका कारण सयौं भवनमा क्षति पुगेको छ भनते ग्रामीण क्षेत्रमा टेलिफोन तथा विद्युत सेवा अवरुद्ध बनेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामलाई तीव्रता दिइएको छ ।
प्रतिक्रिया