चीन : विश्वकै सबैभन्दा ठूलो रंगशाला निर्माण, १० करोड यात्रु आवातजावत गर्न सक्ने

विहीबार, ०९ असोज २०७६, १६ : ३९

चीनले कम्युनिष्ट शासन ७० वर्ष पूरा गरेको अवसरमा विश्वकै सबैभन्दा ठुलो विमानस्थल उद्घाटन गरेको छ । राष्ट्रपति सि जिनपिङले बुधबार विमानस्थलको औपचारिक उद्घाटन गरेका थिए । 

चीनको राजधानी बेइजिङको दक्षिण क्षेत्र दाक्सिङमा बनेको उक्त विमानस्थलको क्षेत्रफल करीब ७ लाख वर्ग किलोमिटर रहेको छ । अर्को शब्दमा भन्नुपर्दा यो विमानस्थल १०० वटा विमानस्थल बराबरको रहेको छ । 

विमानस्थलमा बुधबारबाट नै घरेलु एयरलाइन्स कम्पनीले उडान भर्न सुरु गरेको छ । अन्तरिक्ष यानजस्तै देखिने यो विमानस्थलमा १० करोड मानिसहरु आवातजावत गर्न सक्छन् । विमानस्थलभित्र बगैँचा, बाह्य र आन्तरिक यात्रीका लागि अलग–अलग टर्मिनल र छ वटा करिडोरको समेत निर्माण गरिएको छ । यस्तै, २०४० वर्षसम्म आठवटा रनवे बनाउने लक्ष्य रहेको बताइएको छ ।

यो एयरपोर्टको विशेषताः
–१७३ एकड जमिनमा निर्माण भएको यो विमानस्थल ७ लाख वर्ग मिटरमा फैलिएको छ ।
–४० लाख टन कार्गो र अन्य सामान ढुवानी गर्न सकिने । जहाँ मेट्रो लाइन पनि रहेको छ । जहाँबाट २० मिनेटमै शहर पुग्न सकिन्छ ।
–६.२० लाख विमानहरु सजिल्यै आउन र जान सक्ने ।

यस एयरपोर्टको डिजाइन ब्रिटिश बास्तुकार जाहा हदीदले तयार गरेका थिए । २०१६ मा हदीदको मृत्यु भइसकेको छ । स्थानीय मिडियाका अनुसार यस एयरपोर्टको टर्मिनलको तल एउटा ट्रेन स्टेशन पनि छ । 
 


 

विहीबार, ०९ असोज २०७६, १६ : ३९

प्रतिक्रिया