अर्थमन्त्रीलाई नै प्रधानमन्त्रीमा नियुक्त

शुक्रबार, १० असोज २०७६, १३ : ३३


टोङ्गाका अर्थमन्त्री पोहिभा टु आई वान्टोआ नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ ।  

पूर्व प्रधानमन्त्री आकिलीसी पोहिभाको ठाउँलाई बान्टोआले प्रतिस्थापन गर्नु भएको हो ।  आकिलिसीको गत सेप्टेबर १२ मा निधन भएको थियो । 

टापुले भरिएको यस देशको मताङ्गी टोङ्गी अनलाइनका अनुसार टोङ्गा संसदमा भएको निर्वाचनमा वान्टेआ नियुक्ति हुनु भएको हो । 

टोङ्गाका २३ जना सांसदले दिएको मतबाट उहाँ निर्वाचित हुनु भएको समाचारमा जनाइएको छ  ।  सन् २०१० नयाँ सरकार प्रणालीअन्तर्गत प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाअनुसार सदनका अध्यक्ष लर्ड फकाफानुआले प्रधानमन्त्रीको निर्वाचनको लागि आह्वान गर्नु भएको थियो । 
 वान्टोआले अब नयाँ मन्त्रिमण्डल गठन गर्नु हुनेछ । 

शुक्रबार, १० असोज २०७६, १३ : ३३

प्रतिक्रिया