भारतीय सेनाको हेलिकप्टर भुटानको पूर्वी क्षेत्र योन्फुलामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
भारतीय सैनिकको तालिमका लागि खटिएको हेलिकप्टर शुक्रबार दुर्घटना भएको हो । दुर्घटनामा भुटानी नागरिक पनि परेका छन् । हेलिकप्टर अरुणाञ्चल प्रदेशको खिर्मुबाट योन्फुलाका लागि उडेको थियो ।
दिउसो १ बजे उक्त हेलिकप्टर योन्फुलाबाट सम्पर्कविहीन भएको हो । घटनास्थलमा सुरक्षाकर्मी उद्धारका लागि खटिएका छन् ।
प्रतिक्रिया