संसारको सबैभन्दा जेष्ठ ब्यक्तिको निधन

शनिबार, ११ असोज २०७६, १३ : २३

संसारको सबैभन्दा वृद्ध हजाम एन्थोनी म्यानकिनेलीको १०८ वर्षको उमेरमा निधन भएको छ । न्युयोर्क निवासी एन्थोनीको सेप्टेम्बर १९ मा मृत्यु भएको थियो । 

उनी ९६ वर्षसम्म कपाल काट्ने पेसामा सम्लग्न भए । एन्थोनीको परिवार सदस्यका अनुसार उनी जीवनको अन्तिम समयसम्म पनि सक्रिय रहे । 

सन् २०१८ मा एन्थोनीको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा विश्वको सबैभन्दा बृद्ध हजामको रुपमा नाम दर्ता भएको थियो ।

शनिबार, ११ असोज २०७६, १३ : २३

प्रतिक्रिया