जापानमा आएको ‘हगिबिस’ आँधीका कारण मृत्यु हुनेको संख्या ६६ पुगेको छ।
हजारौंको संख्यामा सेना, प्रहरी र अग्नी नियन्त्रकहरु परिचालन गरी खोजी तथा उद्धारको कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्।
आँधीका कारण सडक र रेलमार्ग अवरुद्ध भएका छन्। यस्तै लाखौं घरहरुमा विद्युत आपूर्ति बन्द भएको छ।
आँधीका कारण धेरै स्थानमा बाढी र पहिरो गएको गएको छ। पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन्।
प्रतिक्रिया