काठमाडौं । यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना अर्थशास्त्रका वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।
अभिजित बैनर्जि, इश्थर डफ्लो र माइकल क्रेमरलाई गरिबी न्यूनिकरणको लागि उनीहरुको प्रयास वापत नोबेल पुरस्कार प्रदान गरिएको हो ।
घोषणा पश्चात् पुरस्कार प्रदान गर्ने ‘रोयल स्वीडिश एकेडमी अफ साइन्सेज’ले तीनैजना वैज्ञानिकले गरेको कार्यले गरिबी विरुद्धको लडाइमा ब्यापक सुधार आएको जनाएको छ ।
तीनैजनाले करीब नौ लाख अमेरिकी डलर पाउँनेछन् । १९६९ मा प्रथम पटक सुरु भएपछि इश्थर डुफ्लो अर्थशास्त्र तर्फ नोबेल पुरस्कार जित्ने दोस्रो महिला छिन् ।
४६ वर्षकै उमेरमा पुरस्कार प्राप्त गरेकी उनी सबैभन्दा कान्छो पुरस्कार प्राप्तकत्र्ता हुन् ।
बैनर्जिको अध्ययनबाट भारतका ५० लाख अपाङ्ग बालबालिकाको विद्यालय शिक्षामा सुधार भई प्रत्यक्ष लाभ लिएका छन् ।
प्रतिक्रिया