विश्वका चर्चित हास्यव्यंग्य कलाकार मिस्टर बिन अर्थात् रोवन एट्किनसनका छोरा बेन्जामिन एट्किनसन वेलायती सेनाको गोर्खा रेजिमेन्टमा आवद्ध भएका छन्।
२६ वर्षका बेन्जामिन बेलायती सेनाका लेफ्टिनेन्ट हुन्। तीन महिनाको नेपाल भ्रमणपछि बेन्जामिन वेलायतको नेपाली आवद्ध गोर्खा रेजिमेन्टमा आवद्ध भएका हुन्।
बेलायतमा गोर्खा रेजिमेन्ट सम्मानीय सेनाको समूह मानिन्छ। गोर्खा रेजिमेन्टमा आवद्ध भएपछि बेन्जामिनले नेपाली भाषा सिक्नुपर्ने हुन्छ।
डेलीमेलका अनुसार बेन्जामिनले ३ महिनाको अवधिमा नेपाली भाषा, संस्कारहरु सिकेका छन्। द सनका अनुसार बेन्जामिनले नेपाली भाषा निकै सुधारेका छन्।
गोर्खा रेजिमेन्टमा आवद्ध हुने क्रममा उनलाई नेपाली गोर्खा सेनाहरुले स्वागत गरेका थिए।
प्रतिक्रिया