फलफूल उपहार दिएको आरोप लागेपछि जापानी मन्त्रीको राजीनामा

शुक्रबार, ०८ कार्तिक २०७६, १३ : ५६

जापानका नवनियुक्त व्यापारमन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले राजीनामा दिएका छन्।

इसु सुगावाराले टोकियोका आफ्ना मतदाताहरूलाई महँगो फलफूल र गँगटो उपहार दिएको पत्रपत्रिकाहरूले लेखेका थिए।

उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन दिन खोजेको बताइएको छ।

जापानको निर्वाचन कानुनले राजनीतिज्ञहरूलाई आफ्नो मतदाताहरूलाई चन्दा दिन रोक लगाएको छ।

साप्ताहिक पत्रिका शुकान बुन्सुनले सुगावाराको सहयोगीले एकजना मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार येन दिन खोजेको लेखेपछि यी आरोपहरू सार्वजनिक हुन थालेका थिए।

जापानमा मृतकको परिवारलाई पैसा दिनु सामान्य चलन हो। 

बीबीसी

शुक्रबार, ०८ कार्तिक २०७६, १३ : ५६

प्रतिक्रिया