१८ लाख अमेरिकी डलरको हीरा चोरी

शुक्रबार, ०८ कार्तिक २०७६, १५ : ५९

जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो ।

टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शन स्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए । 

योकोहामा शहरमा तीन दिने गरगहना प्रदर्शनीका क्रममा हिरा चोरिएको हो । यो हीरा करिब ५० क्यारेटको थियो । यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए । 

जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार जापानी कम्पनीको यो हिरा चोरिएपछि प्रदर्शनी स्थलमा खैलाबैला भएको थियो ।–एएफपी

शुक्रबार, ०८ कार्तिक २०७६, १५ : ५९

प्रतिक्रिया