चिलीमा आर्थिक असमानताको विरोधमा ठूलो प्रदर्शन सुरु भएको छ । चिलीको राजधानी स्यान्टियागोमा झण्डै १० लाख मानिसले शान्तिपूर्ण र्याली निकाल्दै सरकारसँग असमानता अन्त्य गर्न माग गरेका छन् ।
स्यान्टियागोको प्रदर्शन एक हप्ताअघि मेट्रो रेलको शुल्क बढाएको विरोधमा सुरु भएको थियो । सुरुमा मेट्रो शुल्क घटाउन माग राख्दै सुरु भएको प्रदर्शन अहिले अन्य समाजिक मुद्दाका माग थप्दै निकै चर्को बनेको छ ।
सरकारले मेट्रोको शुल्कमा बढाउने निर्णय फिर्ता लिइसकेको छ, तर पनि प्रदर्शन थामिएको छैन । प्रदर्शनकारीले देशमा बढ्दै गएको असमानता र महंगीवरुद्ध प्रदर्शन गरिरहेका छन् ।
चिली ल्याटिन अमेरिकाको सवैभन्दा सम्पन्न देश हो । तर आर्थिक सम्पन्नताका चिलीमा ठूलो आर्थिक असमानता रहेको छ । यसको मतलब देशमा थोरै मानिस अत्यधिक धनी छन् भने ठूलो संख्याका मानिस भने आर्थिक रुपमा संघर्ष गरिरहेका छन् ।
चिली दक्षिण एशियाको मात्र होइन विश्वकै समृद्ध देशमा पर्छ । ३६ वटा समृद्ध देशको समूह ओईसीडीको पनि चिली सदस्य राष्ट्र हो । तर ओईसीडीका सदस्यमध्ये चिलीमा सबैभन्दा धेरै आर्थिक असमानता देखिन्छ ।
प्रतिक्रिया