अमेरिकाको क्यालिफोर्नियामा सङ्कटकाल, ५० हजारभन्दा बढी विस्थापित

सोमबार, ११ कार्तिक २०७६, १८ : ४५

अमेरिकाको क्यालिफोर्निया राज्यdf सङ्कटकालको घोषणा गरिएको छ ।    
    
क्यालिफोर्नियाका केही क्षेत्रमा फैलिएको आगलागीका कारण गभर्नरले राज्य सरकारको तर्फबाट सङ्कटकालको घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।      
    
जङ्गलमा केही समयदेखि लागिरहेको आगो नियन्त्रणमा नआएको र शक्तिशाली हावाहुरी चलिरहेको, बिजुलीका संरचनाहरु जलाउन सक्ने, अन्धकार हुनसक्नेलगायतका कारणले सङ्कटकाल घोषणा गरिएको उनीहरुले बताएका छन् ।    
    
सान फ्रान्सिस्को क्षेत्रमा लागेको “किनकेड फायर” नाम दिइएको यस आगलागीका कारण १२ हजार हेक्टर क्षेत्रफल प्रभावित भएको छ ।    
    
नजिकैको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलिँदै बस्तीसम्म आउन सक्ने खतरा देखेर क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका बासिन्दालाई अन्यत्र सारिएको हो ।    
    
आगलागीका कारण अहिलेसम्म ५० हजारभन्दा बढी विस्थापित भएको र सयौँ संरचनाहरुमा क्षति पु¥याएको अधिकारीहरुले जनाएका छन् ।    
    
ठूलो हावाहुरीका कारण विद्युत प्रसारण लाइनमा झिल्का उत्पन्न हुन सक्ने र जसका कारण डढेलो झनै खतरनाक बन्न सक्ने भएकाले विद्युत सेवा पनि बन्द गर्न लागिएको छ ।    
    
उत्तरी क्यालिफोर्नियामा बुधबार शुरु भएको डढेलो नजिकैको बिजुलीको तारमा क्षति पुगेको केही बेरपछि फैलिन थालेको थियो ।    
    
आगो निभाउन एक हजारभन्दा बढी अग्निनियन्त्रक र विमानसमेत परिचालन गरिएको अधिकारीले जनाएका छन् ।    

सोमबार, ११ कार्तिक २०७६, १८ : ४५

प्रतिक्रिया