सोमालियामा बाढीबाट ५ लाख ७५ हजार व्यक्ति विस्थापितः राष्ट्रसंघ

शनिबार, १६ कार्तिक २०७६, १२ : ४४

सोमालियाका विभिन्न भूभागमा आन्तरिक द्धन्द्ध, खडेरी तथा हालैका केही हप्तायताको बाढीमा परी ५ लाख ७५ हजार नागरिक विस्थापित भएको बताइएको छ ।

यहाँ गएको अक्टोबर महिनाभरमा आएको बाढीबाट २ लाख ७० हजार भन्दा बढी नागरिक विस्थापित भएका उक्त समाचारमा जनाइएको छ । 

संयुक्त राष्ट्रसंघीय एक एजेन्सीका अधिकारीहरुका अनुसार बाढीका कारण यसरी विस्थापित हुनेहरु सबैभन्दा बढी बियानी भन्ने ठाउँका परेका छन् । 

भारी मात्रामा परेको वर्षाका कारण यहाँको स्थानीय सियाली नदीमा आएको बाढीबाट यति ठूलो मात्रामा नागरिक विस्थापित हुन पुगेका बताइएको छ ।

यस वर्ष बाढी मात्र नभएर खडेरी र आन्तरिक द्धन्द्धका कारण पनि ठूलो संख्याका नागरिक विस्थापित हुन पुगेका छन् ।

राष्ट्रसंघीय शरणार्थीसम्बन्धी एजेन्सी, युएनएचसिआरका अधिकारीहरुका अनुसार यस वर्षमात्र सोमालियामा विस्थापित मानिसको संख्या ५ लाख ७५ हजार रहेको बताइएको छ । 

अक्टोबर महिनामा आएको भारी वर्षाका कारण आएको बाढीबाट विस्थापित ती नागरिकको अवस्था निकै नाजुक रहेको पनि बताइएको छ । प्राप्त समाचारअनुसार उनीहरु कोही रुखमुनी त कोही अस्थायी टेन्ट बनाएर बसेका छन् । 

लाखौँ नागरिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । उनीहरुको उद्धारको लागि शरणार्थीसम्बन्धी उक्त एजेन्सीले सबैमा आग्रह गरिरहेको छ । 

ती शरणार्थीको अवस्था निकै नाजुक भएकोले उनीहरुको सहयोगका लागि उक्त एजेन्सीले सबैमा आग्रह गरेको समाचारमा जनाइएको छ । 

शरणार्थीहरुलाई आधारभूत आवश्यकताको लागि सोमाली सरकारले दाता निकाय र संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ । 
 

शनिबार, १६ कार्तिक २०७६, १२ : ४४

प्रतिक्रिया