एटिएममा पैसा राख्ने कम्पनीका कर्मचारी नै ४ करोड ४ लाख पैसा लिएर भागेका छन् ।
बैंकहरुको पैसा ओसारपोसार गर्ने, एक बैंकको पैसा अर्को बैंक र एटीएममा राखिदिने काम गर्दै आएको भारतको एमएस लोजिक्यास सोलुसन कम्पनीका धर्मस नामका कर्मचारीले पैसा लिएर भागेका हुन् ।
धर्मसले सोमबार बिहान ९ः३० बजे ४ करोड ४ लाख ८४ हजार रुपैयाँ लिएर भागेको भन्दै कम्पनीका सहायक प्रबन्धक अजीत सिंहले प्रहरीमा उजुरी दिएका छन् ।
दिल्लीको विहार फेज १ स्थित एचडीएफसी बंकको एटीएममा पैसा राख्न गएका कर्मचारीले गार्डलाई बैंकको बाहिरबाट नै सुरक्षा दिन आदेश दिएर एटीएममा एक्लै गएका थिए ।
सुरक्षा गार्डलाई बैंकको गेट बाहिर नै राखेका ति कर्मचारीले एक्लै भएको मौका छोपि पैसा लिएर फरार भएको बताईएको छ ।
प्रतिक्रिया