संसदीय निर्वाचनमा विपक्षी सबै उम्मेदवार पराजित

सोमबार, ०२ मंसिर २०७६, १७ : ०५

रुसी महासंघबाट टुक्रिएको बेलारुसमा संसद सदस्य चयनका लागि भएको निर्वाचनमा विपक्षी दलका सबै उम्मेदवार पराजित भएका छन् । 

सोमबार सार्वजनिक भएको नतिजा अनुसार विपक्षी दलका कुनै पनि उम्मेदवारले जित हासिल गर्न नसकेको निर्वाचन आयोगले जनाएको छ ।

बेलारुसको संसदमा ११० जना सांसद निर्वाचित भएका छन् । ती सबै जना बेलारुसका शक्तिशाली नेता अलेक्जेन्डर लुकाशेन्कोको दलका रहेका छन् । 

विपक्षीहरुले यसअघि जितेको दुई सिटमा पनि यस पटक पराजय भोगेका छन् । आलोचकहरुले यस सदनलाई “रबर स्टाम्प” संसदको संज्ञा दिने गरेका छन् । 
 

सोमबार, ०२ मंसिर २०७६, १७ : ०५

प्रतिक्रिया