भारतको ४७औं प्रधान न्यायाधीश पदमा न्यायाधीश शरद अरबिन्द बोब्डे नियुक्त भएका छन।
भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा न्यायाधीश बोब्डेलाई प्रधान न्यायाधीशको पद तथा गोपनीयताको शपथ गरतएका छन् ।
प्रधान न्यायाधीश रन्जन गोगोईको कार्यकाल समाप्त भएका कारण न्यायाधीश बोब्डे प्रधान न्यायाधीश भएको छन् । गोगोई करिब १३ महिना भारतको प्रधान न्यायाधीश हुनुभएको थियो । उहाँले यही नोभेम्बर १७ मा अवकाश प्राप्त गगरेका छन्।
शपथग्रहण कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह समेतका उच्च पदस्थ व्यक्ति उपस्थित थिए।
न्यायाधीश बोब्डे सन् १९५६ मा भारतको महाराष्ट्रस्थित नागपुरमा जन्मेका हुन् । उनले नागपुर विश्वविद्यालयबाट कानुनमा एलएलबी र बिए सम्मको अध्ययन गरेका थिए ।
भारतीय उच्च अदालतमा न्यायाधीश रहेर सेवा गर्नुभएका उहाँ सन् २०१३ मा भारतीय सर्वोच्च अदालतको न्यायाधीशमा पदोन्नति भएको हो । न्यायाधीश बोब्डेले आगामी सन् २०२१ को अप्रिल १३ मा अवकाश प्राप्त गर्नु हुनेछ ।
प्रतिक्रिया