हवाई कारबाहीमा चौध तालिबान लडाकू मारिए

मंगलबार, ०३ मंसिर २०७६, १५ : ४४

अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको हवाई कारबाहीमा परी तालिबानका कमाण्डरसहित १४ जना मारिएका स्थानीय प्रहरीले मङ्गलबार जानकारी दिएको छ ।

 कुन्दुज प्रान्तको आर्ची जिल्लाको काररुक क्षेत्रमा लुकेर बसेका तालिबान लडाकूविरुद्ध भएको सो कारबाहीका क्रममा  १४ तालिबान लडाकू मारिएका प्रान्तीय प्रहरीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।  मारिएका ती तालिबान सदस्यमा एक स्थानीय कमाण्डरसमेत रहेका सो विज्ञप्तिमा जनाइएको छ । 

मारिएका  ती आतंककारीहरूले सरकार विरोधी गतिविधिका क्रममा सो। जिल्लाको कार्यालय भवन, सैन्य परिसर र अन्य सार्वजनिक सुविधाहरुलाई उथलपुथल गर्ने कार्यमा संलग्न रहेका थिए । 
 अफगान सुरक्षाबलले हालै तालिबानी लडाकूविरुद्धको सुरक्षा अभियानलाई थप बलिया बनाएका छन् । तालिबान लडाकू समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन् ।

मंगलबार, ०३ मंसिर २०७६, १५ : ४४

प्रतिक्रिया