ओली-देउवा दिनभर लुकामारी

६ बर्ष अगाडि

काठमाडौं-  एमाले अध्यक्ष केपी ओली बिहीबार बिहान ९ बजे राष्ट्रपति कार्यालय पुग्दा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको देशवासीका नामका गरेको सम्बोधन सकिएको थिएन। ओलीले माओवादी केन्द्रको समर्थनमा आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी प्रस्ताव गर्दै गर्दा प्रधानमन्त्री देउवाले फोन गरे। ‘म राजीनामा गर्छु, मैले राजीनामा गरेपछि मात्र त्यता प्रक्रिया अघि बढाउनुहोला’, टेलिफोनमा देउवाले ओलीलाई भने। त्यसपछि एमाले अध्यक्ष ओलीसहित पूर्वसभामुख सुवास नेम्बाङ देउवालाई कुरेर बसे।

केहीबेरमा देउवा आए, राष्ट्रपतिलाई राजीनामा बुझाए र एमाले नेताहरूसँग भेट नहुँदै राष्ट्रपति कार्यालयबाट बाहिरिए। ‘देउवा पुग्नुभन्दा पहिल्यै हामीले प्रधानमन्त्रीका लागि दाबीपत्र पेस गरिसकेका थियौं’, एमाले नेता नेम्बाङले भने, ‘त्यहाँ देउवाजीसँग हाम्रो भेट भएन।’

देउवा बाहिरिएलगत्तै अर्को कोठामा पुगेर राष्ट्रपति भण्डारीले ओली प्रधानमन्त्रीमा नियुक्त भएको पत्र दिइन्। राष्ट्रपति कार्यालयमा ४ बजे शपथ गर्ने तयसँगै ओलीसहितका एमाले नेताहरू राष्ट्रपति कार्यालयबाट बाहिरिए र पार्टी कार्यालयतर्फ लागे। देउवाले राजीनामा नदिए पनि सरकार गठनमा अप्ठ्यारो नपर्ने भन्दै एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति कार्यालय पुगेका थिए।अन्नपूर्ण पोस्टमा खबर छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया