एकता वार्तामा ‘अप डाउन’, अब के होला ?

६ बर्ष अगाडि


काठमाडौं-  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको पार्टी एकता वार्ता सेयरबजारमा ‘नेप्से’ घटबढ भएजस्तै ‘अप-डाउन’ हुन थालेको छ।

पार्टी एकता संयोजन समितिको बुधबार साँझको बैठक ‘एकीकृत पार्टीको सैद्धान्तिक आधार’ (जबज र एक्काइसौं शताब्दीको जनवाद) मा अड्किँदा अप्ठ्यारोमा पर्न थालेको आशंका उब्जिएको थियो। तर, दुई अध्यक्षबीच शनिबारको वार्ता फेरि सकारात्मक भएको नेताहरूले बताएका छन्। ‘एकता प्रक्रिया अप-डाउनको चरणमा छ, बुधबार बिग्रेको वातावरण शनिबार बिहानको छलफलपछि केही सकारात्मक देखिएको छ,’ माओवादी केन्द्रका नेता मणि थापाले बताए। अन्नपूर्ण पोस्टमा खबर छ |

प्रधानमन्त्री ओली र दाहालबीच शनिबार बिहान बालकोटमा करिब पौने घण्टा छलफल भएको थियो। माओवादी केन्द्रले पार्टी एकतालगायत अन्य पदीय भागबन्डामा समेत प्याकेज सहमति गरेर मात्रै सरकारमा सहभागिताको विषयमा निर्णय लिने बताइरहँदा ओली-दाहालबीच शनिबार छलफल भएको हो। बुधबार अड्किएको वार्तालाई बिहीबार नै निरन्तरता दिएर छलफलका बाँकी विषय टुंगो लगाउने बताए पनि ओली प्रधानमन्त्री चुनिएका कारण बस्न सकेको थिएन।

त्यसयता अनौपचारिक संवादमा रहेका ओली-दाहालले शनिबार भने आइतबार एकता संयोजन समितिको बैठक बसेर बुधबारकै बैठकमा भएका सहमतिलाई निरन्तरता दिँदै नमिलेका विषयमा सहमति खोजी गरी एकता र सरकार गठनलाई निष्कर्षमा पु-याउने निर्णय गरेका हुन्। ओलीसँगको छलफललगत्तै महोत्तरीको ‘हात्तीलेक’ पुगेका दाहालले त्यहाँ पुगेका पार्टीका केही केन्द्रीय नेतालाई छलफल सकारात्मक भएको संकेत गरेका थिए।

६ बर्ष अगाडि

प्रतिक्रिया