गृहको निर्देशन उल्टाउँदै भौतिक, १२५ टिपरलाई २४सै घण्टा सञ्चालनको अनुमति !

५ बर्ष अगाडि

काभ्रेपलाञ्चोक ।साँझ ८ बजेअघि उपत्यकामा टिपर छिर्न नपाउने गृह मन्त्रालयको निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उल्टाउन थालेको छ ।  गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा लागू भएको नियमसँगै उपत्यकावासीले टिपरको आतंकबाट राहतको महसुस गरे पनि गृह मन्त्रालयको योजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोडेको हो ।
टिपरले दुर्घटना बढाएको भन्दै गृह मन्त्रालयले उपत्यकामा बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म टिपर सञ्चालनमा रोक लगाएको थियो । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२५ टिपरलाई २४सै घण्टा सञ्चालन अनुमति दिन राजधानीसँग जोडिएका जिल्लाका प्रशासन र प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवकोट र धादिङ जिल्लाका राजमार्ग छोएका प्रहरी कार्यालयहरूमा पत्राचार पुगेसँगै प्रहरीहरू समस्यामा परेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको सडक विभागले उपत्यकासँग जोडिएका काभ्रे, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई टिपर सञ्चालनको अनुमति दिन परिपत्र गरेको हो । सडक विभागले सबै टिपरको नम्बर नै उल्लेख गरेर पत्र पठाएको छ ।
सडक विभागलाई सरकारले आगामी १४ र १५ भदौमा नेपालमा हुन लागेको बिम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीका लागि भन्दै १२५ वटा टिपरलाई जुनसुकै समयमा गुड्न अनुमति दिएको हो । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया