अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट

शुक्रबार, १० माघ २०७६, १३ : ०९

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका नेकपा नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

अधिवक्ता दिनेश त्रिपाठीले आइतबार व्यक्ति हत्यामा मुछिएका सापकोटालाई सभामुखमा निर्वाचन नगर्न मागसहित सर्वोच्चमा रिट दायर गरेका हुन् । 

सभामुख पदमा निर्वाचित गर्नबाट रोक्नुका साथै सभामुखको हाल भएको निर्वाचन प्रक्रिया समेत रोक्न रिटमा माग गरिएको छ । 

यस्तै सापकोटालाई पक्राउ गरेर अनुसन्धान गर्न र उनलाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाई समेत कारबाही गर्न माग गरिएको छ । 

यसैगरी मुद्दाको पेशी आइतबारको लागि तोकिएको त्रिपाठीले जानकारी दिए ।

शुक्रबार, १० माघ २०७६, १३ : ०९

प्रतिक्रिया