शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित

बुधबार, १५ माघ २०७६, ११ : २२

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले सांसद शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ ।

मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

तत्कालीन उपसभामुख रहेकी तुम्बाहाङफेले गत गत माघ ६ गते राजीनामा दिएकी थिइन् । तुम्बाहाङफे केन्द्रीय सदस्यमा मनोनित भएसँगै उनलाई आजबाट  सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने बाटो खुलेको छ ।

उनी तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् ।  उपसभामुख बनेपछि पार्टीको सदस्यता त्यागेकी थिइन् ।

बुधबार, १५ माघ २०७६, ११ : २२

प्रतिक्रिया