मुलुक पछाडि धकेलियो : नेता थापा

विहीबार, १६ माघ २०७६, १२ : ११

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताएका छन । 

सुनसरीको रामधुनी नगरपालिकामा  काँग्रेस रामधुनी नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उनले सरकारले देशलाई विकासको सट्टा बरबादीतर्फ लगेको आरोप लगाएका छन । 

बहुमतप्राप्त सरकारले देशलाई अहिले विकास निर्माणतर्फ अगाडि बढाउनुपर्नेमा त्यसविपरीतका कार्य गर्ने गरेको उनको भनाइ थियो । 

कार्यक्रममा काँग्रेस सुनसरीका सभापति तथा प्रदेश नं १ को प्रदेशसभाका संसदीय दलका नेता राजिव कोइरालाले नेता थापालाई पार्टीको नेतृत्वमा आउन आग्रह गरेका छन ।

विहीबार, १६ माघ २०७६, १२ : ११

प्रतिक्रिया