उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सपना नदेख्नेहरुले केही गर्न नसक्ने बताएका छन ।
काठमाडौं महानगरपालिका वडा नं। ४ स्थित चुनदेवी क्षेत्र समाजको सामुदायिक भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘अठोट र सपना देख्नु परिवर्तनको पूर्व शर्त हो । सपना नदेख्नेहरुले केही गर्न सक्दैनन् ।’
उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले विकासको काम मेरो काम हो भनेर अठोट गर्नुपर्नेमा जोड दिए ।
‘असल काम जसले गरेको भएपनि प्रशंसा गर्नुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘जनताको विश्वास र आर्शिवाद लिएर काम गर्नुपर्छ ।
जनतासँग मिलेर काम गर्न उपप्रधानमन्त्री पोखरेलले जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन ।
‘भाषण गरेर होइन, काम गरेर देखाउनुपर्छ,’ उनले भने, ‘कुनै पनि नामबाट जनतालाई ढाट्ने ठग्ने काम गर्नुहुँदैन ।’
उनले मठ, मन्दिर र सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
‘संस्कृतिको रक्षा, सबै जातजाती भाषा धर्मबीच सहिष्णुता कायम गर्नु हाम्रो दायित्व हो,’ उनले भने ।
उपप्रधानमन्त्री पोखरेलले निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता पूरा गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउनस सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा काठमाडौँ क्षेत्र नंं ५ ९क० का प्रदेश सांसद नारायण सिलवालले पुनः निर्माण तथा नव निर्माण गर्दा पुरातात्विक सम्पदालाई ख्याल गरेर गर्नुपर्ने बताए ।
‘काठमाडौंमा खोनपानी समस्या छ । त्यो बाहेक अरु काम तिब्र गतिमा भइरहेको छ । अब मेलम्चीको पानी छिट्टै आउँछ,’ सांसद सिलवालले भने ।
सांसद सिलवालले अव्यवस्थित बिजुली र तारहरुलाई व्यवस्थित बनाउन सम्बन्धित निकायहरु लगिपरेको बताए ।
‘बिजुली र तारहरुको व्यवस्थापन भएपछि सुन्दर बस्तिको रूपमा परिचित हुन्छ,’ उनले भने ।
प्रदेश सांसद सीता अधिकारीले विकास निर्माणको काममा सबै जना एक जुट हुनुपर्नेमा जोड दिए ।
का।म।न।पा। ४ का वडाध्यक्ष मोहन विष्टले वडा भित्रका विकास निर्माणका लागि जनताको राय सुझाव अनुसार नै विकासको काम भइरहेको बताए
प्रतिक्रिया