अख्तियारबाट ललिता निवास प्रकरणमा प्रशंसनीय काम भयो:  थापा

शनिबार, २५ माघ २०७६, १७ : ०८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले ललिता निवास प्रकरणमा निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने बताएका छन् । 


रिपोर्टस क्बलमा भएको साक्षत्कारमा अध्यक्ष थापाले आफ्नो पार्टीले अख्तियारको उक्त कदमलाई सकारात्मक रुपमा लिएको र भ्रष्टाचारको मुद्दामा निर्दोष पर्न नहुने अपराधीलाई उन्मुक्ति दिन नहुने बताए । 

अदालतले निर्दोषलाई सफाई र कसैलाई नियतवस उन्मुक्ति दिने प्रयास भएको भए थप छानबिन गरेर दोषीलाई कानूनको कठघरामा उभ्याउने विश्वास आफूले लिएको थापाले बताए । 
उनले अख्तियारलाई थप शक्तिशाली र अधिकार दिनुपर्ने माग गरेका छन् । उनले एनसेल काण्ड, वाइडबडी जहाज काण्ड, सुन तस्करी, बुढीगण्डकी जलविद्युत आयोजना लगायतका विषयमा पनि अनुसन्धान गर्न अख्तियारलाई आग्रह गरे । 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० का विषयमा भने थापाले योजनाबद्ध ढंगबाट भ्रम सिर्जना गरी विवाद खडा गर्ने र जनताका मनमा द्विविधा पैदा गर्ने काम भएको टिप्पणी गरे । एमसीसीमा भएका सामान्य त्रुटीहरु हटाएर सहायता लिनुपर्ने उनले बताए । 
 

शनिबार, २५ माघ २०७६, १७ : ०८

प्रतिक्रिया