नेपालले पहिलोपटक गर्न लागेको सगरमाथा संवाद कार्यक्रम स्थागित भएको छ ।
कोरोना भारस विश्वव्यापी रुपमा फैलिएको र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले उच्च जोखिममा राखेपछि सरकारले सगरमाथा संवाद स्थगित गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
आफ्ना कुराहरु विश्व समुदायलाई सुनाउने उद्देश्यले सरकारले हरेक २ वर्षमा सगरमाथा संवाद कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
आगामी चैतमा (अप्रिल २ देखि ४ सम्म)मा काठमाडौंमा गर्ने तय भएको संवादको पहिलो श्रृङ्खलामा जलवायु परिवर्तन पर्वतीय मुलुकहरु र मानव जातिको भविष्बारे सम्वाद गर्ने योजना थियो ।
१० मुलुकबाट उच्चस्तरको राजनीतिक संलग्नता र २० वटा मुलकबाट सहभागिता पक्का भएपनि अन्तिम समयमा सरकारले स्थागित गर्नुपरेको हो ।
‘उपयुक्त समय हेरेर फेरि गर्ने गरी अहिलेलाई सगरमाथा संवादको पहिलो श्रृखलालाई स्थगित गरेका छौं’ सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने ।
प्रतिक्रिया