सरकारको ‘यात्रा चेतावनी’ : विदेश भ्रमणमा नजानुस्, दक्षिण कोरिया जान बन्द

सोमबार, १९ फागुन २०७६, १७ : २६

सरकारले ट्राभल एड्भाइजरी (यात्रा चेतावनी) जारी गर्दै आफ्ना नागरिकलाई विदेश भ्रमणमा नजान आग्रह गरेको छ । 

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको कारण विदेश भ्रमणको योजना नबनाउन देशबासीलाई सरकारको अपिल रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । 

उनले कोरोना भाइरसको गम्भीर संक्रमण देखिएका देशहरुमा भने अत्यावश्यक काममा बाहेक नजान नै आग्रह गरे । 

वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई समेत तत्कालका लागि आफ्नो योजना स्थगित गर्न पनि अपिल गरे । 

सरकारले दक्षिण कोरियामा इपीएस प्रणालीबाट कामदार नपठाउने निर्णय गरेको मन्त्री ज्ञवालीले जानकारी दिए । त्यस्तै  अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई एनओसी (नो अब्जेक्सन लेटर) दिन पनि रोक लगाइएको उनको भनाई छ । 

सोमबार, १९ फागुन २०७६, १७ : २६

प्रतिक्रिया