योजनाबद्ध विकासको मार्गदर्शक दस्तावेजको रुपमा रहेको पन्ध्रौं पञ्चवर्षीय योजना १८ वटा गेमचेञ्जर (रुपान्तरणकारी) आयोजना सहित स्वीकृत भएको छ ।
आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१ सम्म लागू हुने पन्ध्रौं पञ्चवर्षीय योजना आयोगले आज बसेको आयोगको बैठकले स्वीकृत गरेको हो ।
राष्ट्रिय योजना आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकले योजना स्वीकृत गरेको आयोगका सदस्य एवं प्रवक्ता मिनबहादुर शाहीले बताए ।
राष्ट्रिय योजना आयोगमा प्रधानमन्त्री पदेन अध्यक्ष हुने व्यवस्था भएपनि नियमित कामकारवाहीको नेतृत्व गर्ने कार्यकारी अधिकार भने उपाध्यक्षमा नीहित हुन्छ ।
प्रतिक्रिया