सरकारी वकिल कार्यालयको नया भवन

बुधबार, २१ फागुन २०७६, १३ : ३९

सरकारी वकिल कार्यालय प्युठानको नवनिर्मित भवनको महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज उद्घाटन गरे । उनले देशभरका ४० भवन बनेको र केही भवन निर्माणका लागि शिलान्याससमेत गरिएको बताए। तीन वर्षमा देशका ९७  भवन निर्माण गर्ने र पीडितमैत्रीसहितको कार्य सम्पादन गर्नुपर्ने महान्यायाधिवक्ता खरेलले बताए। 

समुदायमा सरकारी वकिल कार्यालय सञ्चालन भएको र यसका काम के कसरी हुन्छ भन्ने विषयमा समुदायका नागरिकलाई जानकारी दिनुपर्ने खरेलले बताए । 

भवन निर्माण गर्न २०७४ साल असार १९ गते सम्झौता भएको थियो । दुई पटक म्याद थप भई २०७६ पुस १० गते निमार्णकार्य सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालय प्युठानका जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले बताए । भ्याटबाहेक दुई करोड ६८ लाख ४४ हजारको लागतमा १५ कोठाको भवन निर्माण कार्य सम्पन्न भएको उनले बताए । आशु इसान जेभी निर्माण कम्पनीले भवन निर्माणको काम गरेको थियो । 

बुधबार, २१ फागुन २०७६, १३ : ३९

प्रतिक्रिया