राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

बुधबार, २१ फागुन २०७६, १६ : ३०

राष्ट्रियसभाको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक  प्रतिवेदन, २०७५÷२०७६’ पेश भएको छ । 

प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले उक्त प्रतिवेदन पेश गरेका हुन् । यसैगरी बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । 
 
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा युवराज खतिवडाले मङ्गलबार पदबाट दिएको राजीनामा स्वीकृति गरिएको र उनको जिम्मेवारी प्रधानमन्त्री स्वयम्ले नै सम्हाल्ने गरी तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष तिमिल्सिनाले वाचन गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २९ गते अपराह्न १ बजे बस्नेछ । 

बुधबार, २१ फागुन २०७६, १६ : ३०

प्रतिक्रिया