नेविसंघ कार्यकर्ताको गल्तीमा काँग्रेस प्रवक्ताले माफी मागे

बुधबार, २१ फागुन २०७६, २२ : ५१

काठमाडौं । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले हेटौडामा पार्टी निकट नेविसंघका कार्यकर्ताले गरेको गल्तीप्रति माफी मागेका छन् । नेविसंघका केही कार्यकर्ताले बुधबार साँझ अस्पतालमा भर्ना रहेका केपी ओलीविरुद्ध तल्लोस्तरमा नाराबाजी गरेका थिए । 
यस्तै प्रवक्ता शर्माले झापामा नेविसंघका कार्यकर्ताले भने संस्कार देखाएकोमा धन्यवाद दिएका छन् । 
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘हेटौडामा गलत प्रवृत्ति, झापा गौरादहमा प्रशंसनीय संस्कृति र म क्षमा चाहन्छु केही विद्यार्थीले हेटौडामा गरेको कृत्यप्रति, अनि बधाइ दिन्छु गौरादहलाई !’
उनले आलोचना सुसंस्कृत भाषामा हुने भन्दै समयको संवेदनशीलताप्रति गम्भीर बन्न कार्यकर्तालाई आग्रह गरेका छन् । 
उनले यो घडीमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न पनि कार्यकर्तालाई अनुरोध गरेका छन् । 
 

बुधबार, २१ फागुन २०७६, २२ : ५१

प्रतिक्रिया