केउरानी वनको आगो नियन्त्रण

विहीबार, २२ फागुन २०७६, १० : २१

चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित केउरानी सामुदायिक वनमा बुधबार साँझ लागेको आगो  नियन्त्रणमा आएको छ  । वनको बिचभागमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा राती नै नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

हावा चलेसँगै फैलिएको आगो नियन्त्रण गर्न नेपाली सेनाका २६, नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरी बलका १३ सुरक्षाकर्मी परिचालित भएका थिए । जङ्गलभित्र दमकल जान नसक्ने भएकाले आगो नियन्त्रणमा लिन समस्या परेको प्रहरीले जनाएको छ । 

विहीबार, २२ फागुन २०७६, १० : २१

प्रतिक्रिया