प्रतिनिधिसभा :कोरोनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी

शुक्रबार, २३ फागुन २०७६, ०९ : १४

प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । बैठकमा कोरोना भाइरस (कोभिड–१९)बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी छ ।

बैठकमा कांग्रेस सांसद गगन कुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव गर्ने तयारी गरेका हुन् ।

संसद सचिवालयले सार्वजनिक गरेको शुक्रबारको सम्भावित कार्यसूचीमा पनि त्यो कुरा उल्लेख छ ।

प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै छ । सांसद थापाले कोरोनाविरुद्ध सबैजना एकजुट भएर राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको बताए ।


 

शुक्रबार, २३ फागुन २०७६, ०९ : १४

प्रतिक्रिया