नेकपा (माले) का श्रद्धेय महासचिव .सी.पी.मैनालीको कार दुर्घटना सम्बन्धी बिषयलाई लिएर आज मिति २०७६ फागुन २७ गते पार्टीको प्रतिनिधिमण्डलले उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामवहादुर थापालाई सिंहदरवारमा छुट्टाछुट्टै भेट गरी महासचिव दुर्घटनाको सीआईबीद्वारा छानविनको माग गरेको छ ।
पार्टीले २०७६ फागुन १५ गते झापाबाट राजधानी फर्कने क्रममा महोत्तरी जिल्लाको बर्दिवास रातु नदी नजिक भएको उक्त दुर्घटना अस्वभाविक र नियोजित भएको भन्दै उक्त दुर्घटनाको सीआईबीद्वारा छानबीन गराई सत्यतथ्य जनता समक्ष ल्याउन र त्यस कार्यका योजनाकार र दोषीलाई अविलम्ब कानुनी कार्यवाही गर्न माग गरेको छ । साथै पार्टीले दुर्घटनामा गम्भीर घाइते भएका कमरेड महासचिव, परिवारका अन्य सदस्यहरु र कार चालकको उपचारको निम्ति काठमाण्डौ ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाएर सहयोग पु¥याईएकोमा नेपाल सरकारप्रति आभार सहित हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।
प्रतिनिधिमण्डलसँगको भेटमा माननीय मन्त्रीद्वयले महासचिव क.सी.पी.मैनालीको शिघ्र स्वास्थलाभको कामना गर्नुहुँदै सीआईबीद्वारा घटनाको छानविन गराई चाँडै सत्यतथ्य जनता समक्ष ल्याउने प्रतिवद्धता ब्यक्त गरेकाछन । साथै प्रतिनिधिमण्डलले सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूको शिघ्र स्वास्थलाभको पत्र माननीय उपप्रधानमन्त्री इश्वर पोखरेलमार्फत् आजै प्रधानमन्त्री कार्यालयमा पेश गरेको छ ।
प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्यद्वय क.कुमार बेलवासे र क.दीननाथ घिमिरे तथा पोलिटव्युरो सदस्य क.जनक चालिसे छन । माननीय स्वास्थ मन्त्रज्यूलाई भोली २८ गते भेट्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया