खुल्ला तातोपानी नाका नेपाली र चिनियाँ अधिकारी निरन्तर अवलोकन

५ बर्ष अगाडि

काठमाडौँ ।  विसं २०७२ को भूकम्पबाट ध्वस्त सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडकखण्ड र झिर्पुमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको चिनियाँ अधिकारीले अवलोकन गरेका छन् ।

त्यसैगरी नेपाली अधिकारीले पनि सोमबार तिब्बतको खासा क्षेत्रको अवलोकन गरेका छन् ।

 चिनियाँ पक्षका तर्फबाट तिब्बत स्वशासित प्रदेशका भाइस सेक्रेटरी जनरल छुन–लिले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलमा विभिन्न विभागका १२ जना अधिकारीको सहभागिता थियो ।

 त्यसैगरी खासा क्षेत्रको अवलोकन गर्न नेपाल सरकारका तर्फबाट गृह, अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि मन्त्रालय तथा भन्सार विभाग समेतका १२ जना अधिकारीको सहभागिता थियो ।

 नेपालको बाह्रबिसे–तातोपानी सडकखण्ड र सुख्खा बन्दरगाहको चिनियाँ पक्षद्वारा अवलोकन भएको उल्लेख गर्दै सिन्धुपाल्चोकका निमित्त प्रजिअ दुर्गा बञ्जाडेले बताए ।

यो हाम्रो अवलोकन भ्रमण मात्र भएकाले बन्द नाका खुलाउने काम कहिलेबाट शुरु हुन्छ भन्ने दुबै देशको सरकारबीचको कुरा भएको निमित्त प्रजिअ बञ्जाडेको भनाइ छ ।

 बन्द नाका खुलाउन नेपाली पक्षबाट विभिन्न प्रयास भए पनि सफल हुन नसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनाअघि गर्नुभएको चीन भ्रमणका अवसरमा भूकम्पपछि बन्द तातोपानी नाका खुलाउन दुबै देशका सरकार प्रमुखबीच सहमति भएको थियो ।

यसैबीच भूकम्पबाट ध्वस्त तातोपानी नाकाको संरचना निर्माण, अस्पतालको पुनः निर्माण र दोलखाको जिरी प्राविधिक विद्यालयको पुनः निर्माणका लागि चीन सरकारले उपलब्ध गराउने आर्थिक सहयोगसम्बन्धी सम्झौतापत्रमा दुई बिलियन युआन (करीब ५० अर्ब रुपैयाँ) गत चैत महिनामा दुबै देशबीच हस्ताक्षर भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया