काठमाडौंमा ४० प्रकारका तरकारीको भाउ घट्यो, सानो गोलभेडा भने ८५ प्रतिशतले बढ्यो

४ बर्ष अगाडि

पछिल्लो महिना काठमाडौं उपत्यकामा विभिन्न ४० प्रकारका तरकारीको भाउ घटेको छ ।

गत फागुन ५ गतेदेखि चैत ४ सम्मको अवधिमा अधिकांश तरकारीको भाउ सस्तो भएको हो । 

यो अवधिमा सबैभन्दा धेरै सुकेको नेपाली लसुनको मूल्य ३८ प्रतिशत र हरियो धनियाको मूल्य ३५ प्रतिशतले घटेको छ ।

एक महिना अघि ५७७ पुगेको लसुनको मूल्य अहिले ३५५ मा र धनियाको ८५ बाट ५५ प्रतिकेजीमा झरेको छ । 

त्यस्तै बकूला १२५ बाट ८५, लोकल काँक्रो १५५ बाट १०५, हरियो डल्लेफर्सी ६५ बाट ४५, हरियो प्याज १३५ बाट ९५, मूला ३५ बाट २५ मा झरेको कालिमाटी तरकारी बजारले जनाएको छ । 
 

गोलभेडाको भाउ ८५ प्रतिशत बढ्यो 
यो अवधिमा काठमाडौंमासानो गोलभेडाको मूल्य ८५ प्रतिशतसम्म बढेको छ ।

गत फाल्गुण ५ गते ३५ रुपैयाँ प्रतिकिलो बिक्री भएको सानो गोलभेडा ५५, टनेलको गोलभेडा ६५ र तराईको गोलभेडा ६५ पुगेको छ भने रु ४५ को भारतीय सानो गोलभेडाको मूल्य पनि ६५ पुगेको छ ।

ठूलो गोलभेडाको भाउ भने एक महिनासम्म स्थीर नै छ । 

त्यस्तै बजारमा लाम्चो भण्डाको मूल्य एक महिनामा रु ७५ बाट २६ प्रतिशतले बढेर ९५ पुगेको छ । त्यस्तै टाटेसिमी, लौका, अदुवा, हरियो खुर्सानी र भेडे खुर्सानीको मूल्य बढेको छ ।

हेर्नुहाेस् मूल्य विवरण :

तुलनात्मक खुद्रा मूल्य विवरण
  फागुन  ५, २०७६ चैत्र  ४, २०७६
कृषि उपज ईकाइ ‌‌‌‍औसत मूल्य औसत मूल्य प्रतिशत तुलना
गोलभेडा ठूलो(नेपाली) के.जी. ७५ ७५ ०.००
ठूलो गोलभेडा(भारतीय) केजी ७५ ७५ ०.००
गोलभेडा सानो के.जी. ३५ ५५ ५७.१४
गोलभेडा सानो(टनेल) के जी ३५ ६५ ८५.७१
गोलभेडा सानो(भारतीय) के जी ४५ ६५ ४४.४४
गोलभेडा सानो(तराई) के जी ३५ ६५ ८५.७१
अालु रातो के.जी. ५५ ४५ -१८.१८
आलु रातो(भारतीय) के जी ५५ ४५ -१८.१८
प्याज सुकेको भारतीय के.जी. ९५ ८५ -१०.५३
गाजर(लोकल) के.जी. ४५ ४५ ०.००
गाजर(तराई) केजी ३५ ३५ ०.००
बन्दा(लोकल) के.जी. ४५ ३५ -२२.२२
बन्दा(तराई) केजी ४५ ३५ -२२.२२
बन्दा(नरिवल) केजी ४५ ३५ -२२.२२
काउली स्थानिय के.जी. ५५ ५५ ०.००
स्थानीय काउली(ज्यापु) केजी ६५ ६५ ०.००
मूला सेतो(लोकल) के.जी. ३५ २५ -२८.५७
सेतो मूला(हाइब्रीड) केजी ३५ २५ -२८.५७
भन्टा लाम्चो के.जी. ७५ ९५ २६.६७
मटरकोशा के.जी. १०५ ८५ -१९.०५
घिउ सिमी(लोकल) के.जी. १२५ ९५ -२४.००
घिउ सिमी(हाइब्रीड) केजी १२५ ९३ -२५.६०
टाटे सिमी के.जी. ६५ ७५ १५.३८
तितो करेला के.जी. १४५ १३५ -६.९०
लौका के.जी. ७५ ८५ १३.३३
फर्सी पाकेको के.जी. ७५ ६५ -१३.३३
फर्सी हरियो(लाम्चो) के.जी. ४५ ३५ -२२.२२
हरियो फर्सी(डल्लो) केजी ६५ ४५ -३०.७७
भिण्डी के.जी. १२५ १२५ ०.००
स्कूस के.जी. ५५ ५५ ०.००
रायो साग के.जी. ३५ २५ -२८.५७
पालूगो साग के.जी. ४५ ३५ -२२.२२
चमसूरको साग के.जी. ४५ ३५ -२२.२२
तोरीको साग के.जी. ४५ ३५ -२२.२२
मेथीको साग के.जी. ४५ ३५ -२२.२२
प्याज हरियो के.जी. १३५ ९५ -२९.६३
बकूला के.जी. १२५ ८५ -३२.००
च्याउ(कन्य) के.जी. १०५ ९५ -९.५२
च्याउ(डल्ले) के जी ३०५ २९० -४.९२
ब्रोकाउली के.जी. ६५ ६५ ०.००
चुकुन्दर के.जी. ९५ ८५ -१०.५३
जिरीको साग के.जी. ७५ ५५ -२६.६७
ग्याठ कोबी के.जी. ५५ ४५ -१८.१८
सेलरी के.जी. ४४५ ४४५ ०.००
पार्सले के.जी. ४४५ ४४५ ०.००
सौफको साग के.जी. ४५ ३५ -२२.२२
पुदीना के.जी. ३१५ ३१५ ०.००
गान्टे मूला के.जी. ४५ ३५ -२२.२२
इमली के.जी. १५५ १५५ ०.००
तामा के.जी. १५५ १४५ -६.४५
तोफु के.जी. १०५ १०५ ०.००
गुन्दुक के.जी. ३२५ ३२५ ०.००
स्याउ(झोले) के.जी. १४५ २४५ ६८.९७
केरा दर्जन ११५ ११५ ०.००
कागती के.जी. १६५ १५५ -६.०६
अनार के.जी. १९० १७५ -७.८९
अंगुर(हरियो) के.जी. १९० १६५ -१३.१६
अंगुर(कालो) केजी २९० २०५ -२९.३१
सुन्तला(भारतीय) केजी ११५ १०५ -८.७०
तरबुजा(हरियो) के.जी. ६५ ५५ -१५.३८
भुर्इ कटहर प्रति गोटा १२५ १२५ ०.००
काक्रो(लोकल) के.जी. १५५ १०५ -३२.२६
काक्रो(हाइब्रीड) के जी ६५ ६५ ०.००
मेवा(भारतीय) केजी १२५ ९५ -२४.००
अदुवा के.जी. १६५ १९५ १८.१८
खु्र्सानी सुकेको के.जी. ४२५ ३९५ -७.०६
खु्र्सानी हरियो के.जी. ९५ ९५ ०.००
खुर्सानी हरियो(बुलेट) के जी ९५ १०५ १०.५३
भेडे खु्र्सानी के.जी. ८५ १२५ ४७.०६
लसुन हरियो के.जी. १५५ १४५ -६.४५
हरियो धनिया के.जी. ८५ ५५ -३५.२९
लसुन सुकेको नेपाली के.जी. ५७५ ३५५ -३८.२६
ताजा माछा(रहु) के जी ३२५ ३१५ -३.०८
ताजा माछा(बचुवा) के जी २९५ २७५ -६.७८
ताजा माछा(छडी) के जी २९५ २७५ -६.७८
ताजा माछा(म‌ुंगरी) के जी ३१५ ३०५ -३.१७
४ बर्ष अगाडि

प्रतिक्रिया