प्रदेशसभाको अधिवेशन अन्त्य

विहीबार, ०६ चैत्र २०७६, १७ : २२

वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईँले नेपालको संविधानको धारा १८३ को उपधारा–२ अनुसार प्रदेशसभाको चालु पाँचौं अधिवेशन बैठक आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका छन् । 

वाग्मती प्रदेशमन्त्री परिषद्को सिफारिसमा प्रदेश प्रमुख प्रसाईँले अधिवेशन अन्त्य गरिएको सूचना सभामुख सानुकुमार श्रेष्ठलाई पठाएका प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए ।

विहीबार, ०६ चैत्र २०७६, १७ : २२

प्रतिक्रिया