वोमी माइक्रोफाइनान्सको साधारण सभा स्थगित

सोमबार, १० चैत्र २०७६, १२ : ०३

वोमी माइक्रोफाइनान्सले आफ्नो साधारण सभा स्थगित गरेको छ।

नेपाल सरकारले २५ जनाभन्दा बढी मानिस भेला नहुन निर्देशन दिएसँगै कम्पनीले साधारण सभा स्थगित गरेको हो ।

कम्पनीले सरकारी निर्देशन बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित गरिएको जनाएको छ। 

कम्पनीले चैत १६ गते औठौँ वार्षिक साधारण सभा  बोलाएको थियो ।
 

सोमबार, १० चैत्र २०७६, १२ : ०३

प्रतिक्रिया