नेपालमा अर्को व्यक्तिलाई पनि निको भयो कोरोना, आज डिस्चार्ज हुँदै

आइतबार, ०७ बैशाख २०७७, १६ : ४२

नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएका अर्का एकजना व्यक्तिलाई पनि निको भएको छ । 

सेती प्रदेशिक अस्पतालमा उपचार गराइरहेका एकजनामा व्यक्तिलाई कोरोना संक्रमण निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

‘उहाँ आज डिस्चार्ज हुँदै हुनुहुन्छ’, मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने । 

यो संगै नेपालमा कोरोना संक्रमण भएर पनि निको हुनेको संख्या ४ पुगेको छ ।

माघ ९ मा देखिएका पहिलो संक्रमित माघमै,  चैत ११ गते फेला परेकी दोश्रो संक्रमित वैशाख ६ गते शनिबार र बाग्लुङ्गको दोश्रो तथा नेपालको छैटौं संक्रमितका रुपमा पुष्टि भएकी महिला पनि शनिबार नै डिस्चार्ज भएका थिए । 

आइतबार, ०७ बैशाख २०७७, १६ : ४२

प्रतिक्रिया